राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित

हिमाल प्रेस १७ असार २०८० १७:४४
6
SHARES
राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित

काठमाडौँ- राष्ट्र ऋण उठाउने विधेयक २०८०, प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको सो विधेयक सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए।

सभामुखले प्रस्तुत गरेको उक्त विधेयक बहुमत सांसदहरूले समर्थन गरेका हुन्।

विधेयक पारित भएसँगै सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार २० गते दिनको ३ बजेसम्मका लागि स्थगित गरेका छन्।

प्रकाशित: १७ असार २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =