घूस लिएको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर

हिमाल प्रेस १७ असार २०८० १६:५२
16
SHARES
घूस लिएको अभियोगमा  दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले १ लाख ७५ हजार रुपैयाँ घूस लिएको आरोपमा दुवै जना विरुद्ध मुद्दा दायर गरेको हो। जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

आरोपित दुवै जनालाई बिगो असुलसहित कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता भोला दाहालले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही गर्न माग गरेको छ।

प्रकाशित: १७ असार २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 12 =