विधेयक बनाउने र पारित गर्ने परिपाटी बदलौँ : सांसद सापकोटा

हिमाल प्रेस १७ असार २०८० १२:४२
18
SHARES
विधेयक बनाउने र पारित गर्ने परिपाटी बदलौँ : सांसद सापकोटा प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्दै सांसद माधव सापकोटा। फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विधेयक बनाउने र पारित गर्ने अहिलेको परिपाटीलाई बदल्नुपर्ने बताएका छन्। उनले विधेयकहरुलाई बास्केटमा राखेर रोस्टरमा राख्ने तथा चेक लिस्ट बनाएर समयमै निर्माण गर्न लाग्नुपर्ने बताए।

आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन्।

‘अन्तिम परेपछि काम गर्ने कार्यशैली बदलौँ। र, विधेयकहरुलाई बास्केटमा राखेर रोस्टरमा राखेर तत्काल विज्ञान प्रविधिको विकास र समाज विकासको क्रमअुनसार के के विधेयकहरु आवश्यक हुन् भन्ने कुरा चेक लिस्ट बनाएर काम गरौँ,’ उनले भने।

प्रकाशित: १७ असार २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =