अहिलेको गठबन्धन सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री

हिमाल प्रेस १६ असार २०८० १४:५८
2
SHARE
अहिलेको गठबन्धन सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री

गण्डकी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँच वर्ष नै चल्ने बताएका छन्। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको गठबन्धन सरकार पाँचै वर्ष चल्ने दाबी गरे।

अहिलेको गठबन्धन सरकारलाई कसैले हिलाएर पनि नहिल्ने उनको जिकिर थियो। ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ। यो कसैले हिलाएर हिल्दैन,’ उनले भने, ‘हामी समझदारीका साथ अगाडि बढ्छौँ।’

भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउँदै उनले भ्रष्टाचार देशको विकराल समस्या भएको बताए। ‘नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ,’ उनले भने।’

यसपटक सरकारले भिन्न ढंगले काम गरेको उनको भनाइ थियो। ‘यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ,’ उनले भने, ‘जनताले भोगका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ।’

अर्थतन्त्रको अवस्था सुधार हुँदै आएको उनको भनाइ थियो। त्यस्तै यसपटकको भारत भ्रमणमा महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए। भारत भ्रमणमा पारवाहन सन्धि पुनरावलोकन पनि महत्त्वपूर्ण निर्णय भएको र विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको उनको भनाइ थियो।

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको उनले बताए। यसबाट विद्युत् व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने बताउँदै यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उनको भनाइ थियो। उनले अब छिट्टै चीनको पनि भ्रमण गर्ने बताए। चीन भ्रमणमा पनि देश र जनताको हीतमा काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। रासस

प्रकाशित: १६ असार २०८० १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =