शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ११ साउन २०८० १७:५२ | Thursday, July 27, 2023
शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नगरपालिकाको ७ र ८ नं वडाको बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत स्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको आराेपमा बिहीबार मुद्दा दायर गरिएको हो।

आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। त्यस्तै इन्जिनियर सन्तोष पाण्डेविरुद्ध ११ लाख ३० हजार दुई सय ७२ रुपैयाँ, अर्का तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामीविरुद्ध १४ लाख ७२ हजार दुई सय ८३ रुपैयाँ, सबइन्जिनियर दीपकसिंह विष्टविरुद्ध २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

त्यस्तै बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जानकारी दिएकाे छ।

प्रकाशित: ११ साउन २०८० १७:५२ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast