नापी कार्यालय चाबहिलका अधिकृत राजुविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १४ साउन २०८० १४:५७ | Sunday, July 30, 2023
नापी कार्यालय चाबहिलका अधिकृत राजुविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका एक नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले सार्वजनिक पदमा हुँदा पदीय हैसियत दुरुपयोग गरी अधिकृत राजु पुरीविरुद्ध एक करोड चार लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आइतबार मुद्दा दर्ता गरेको हो।

पुरीसँग भएको दुई करोड २४ लाख ८१ हजार ६९० रुपैयाँमध्ये एक करोड २० लाख सात हजार ७४८ रुपैयाँमात्रै वैधानिक देखिएको आयोगले जनाएको छ।

असार मसान्तसम्म पारिश्रमिक बचत, बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बिमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा रकमबाट प्राप्त आम्दानी वैधानिक रुपमा नखुलेकाले आयोगले पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

‘सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गर्दै गरेको पुष्टि हुन आएको देखिएको’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। पुरीको सम्पत्ति उनी पत्नी सिर्जनाको नाममा देखिएकाले सम्पत्ति जफत गर्न उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

प्रकाशित: १४ साउन २०८० १४:५७ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast