फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा नमागेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफूहरूले एमालेसँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताएका हुन्।
‘अरू दलले राजीनामा मागेको कुराको जिम्मेवारी हामी लिँदैनौँ,’ उनले भने, ‘हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौँ। केही कुराहरूमा हाम्रो आशंका छ, आक्रोश छ, त्यो कुरालाई प्रधानमन्त्रीले आएर स्पष्ट पारिदिनुपर्छ।’
उनले मिडियाले रास्वपालाई एमालेले गर्ने गतिविधिसँग जोडेर हेर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे।
प्रकाशित: २० असार २०८० १९:३५ | Wednesday, July 5, 2023
प्रतिक्रिया





