दिब्यश्वरी हाइड्रोपावरको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

हिमाल प्रेस ११ असार २०८० १६:४८
2
SHARE
दिब्यश्वरी हाइड्रोपावरको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ- दिब्यश्वरी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरिएको छ। कम्पनीले शतप्रतिशत (हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स कम्पनीलाई नियुक्त गरेको हो।

त्यसका लागि मेगा क्यापिटल मार्केट्स कम्पनी र दिब्यश्वरी हाइड्रोपावर कम्पनीबीच सम्झौता गरिएको छ। सम्झौतापत्रमा मेगा क्यापिटलका कायमुकायम प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ११ असार २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =