स्कुल जाने बाटो पहिरोले छेकेपछि ताप्लेजुङका विद्यार्थीले पढ्न पाएनन्

हिमाल प्रेस ७ असार २०८० ८:०२
4
SHARES
स्कुल जाने बाटो पहिरोले छेकेपछि ताप्लेजुङका विद्यार्थीले पढ्न पाएनन्

ताप्लेजुङ– ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ। बाढीपहिराका कारण बाटो बाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिंवा र सिरिजंघा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो।

शुक्रबार, शनिबार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजंगा गाउँपालिका-८ आम्फुदीनका रहेको कञ्चजंघा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ। सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजंघा गाउँपालिकाका शिक्षा शाखाले जनाएको।

जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ। बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजंगा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए।

सिरिजंघा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ। बाढीपहिराका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ। त्यस्तै सिदिंवा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ।

सिदिंवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र बेघाका अनुसार ३९ विद्यालयमा ३ हजार १ सय विद्यार्थी अध्ययनरत रहेका छन्। तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताए।

बाढीपहिराका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षा र बाढीपहिराले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा यांवरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिंवा गाउँपालिका-६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिराले बगाएको चार जनामध्ये एकै घर परिवारका ३ जना अझै बेपत्ता रहेका छन्। १ जनाको सोही दिन शव फेला परेको थियो।

सोही गाउँमा आइतबार बिहान पहिराले तीन जना बगाएको थियो। १ घरका बाबु छोराको शव भेट्टिएको थियो भने एक जना नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ७ असार २०८० ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =