दुर्घटनामा प्रदेशमन्त्री सहितको निधनप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त

हिमाल प्रेस ५ असार २०८० २०:३८
14
SHARES
दुर्घटनामा प्रदेशमन्त्री सहितको निधनप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पुथ्वीबहादुर सिंह, उनको श्रीमती अमृतादेवी र भाउजू जयादेवी सिंहको सवारी दुर्घटनामा निधन भएकामा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

उनले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्। आज (मंगलबार) दिउँसो बझाङको केदारस्युँ गाउँपालिका-१, झारछडस्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो।

प्रकाशित: ५ असार २०८० २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =