सूर्य थापाको प्रश्न : बजेटको पुस्तकमा कोशी र लुम्बिनी प्रदेशको नाम किन हटाइयो?

हिमाल प्रेस ५ असार २०८० १२:३४
4
SHARES
सूर्य थापाको प्रश्न : बजेटको पुस्तकमा कोशी र लुम्बिनी प्रदेशको नाम किन हटाइयो? एमाले सांसद सूर्य थापा।

काठमाडौँ- आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पुस्तकबाट कोशी प्रदेश र लुम्बिनी प्रदेशको नाम हटाएकोमा एमाले सांसद सूर्य बहादुर थापाले आपत्ति जनाएका छन्।

आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले ‘तथाकथित’ पहिचानवादीको प्रभावमा सो नाम हटाएको त हैन भन्दै आपत्ति जनाए।

सांसद थापाले नियमापत्ति जनाउँदै संस्कृति, पर्यटन नथा नागरिक उड्डयन मन्त्रीलाई सो विषयमा संशोधन गर्न भनेको र संशोधन नभई विधेयक आएकोमा आपत्ति जनाए।  उनले बजेटमा प्रदेशको नाम लेखेर मात्र विधेयक अघि बढाउन आग्रह गरे। उनले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश नम्बर ५ लेखिएको भन्दै आपत्ति जनाएका हुन्।

प्रकाशित: ५ असार २०८० १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =