ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारी

हिमाल प्रेस ३ असार २०८० १७:१९
ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारी

काठमाडौँ- थापाथलीस्थित द ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग सम्झौता गरेको छ। फिनटेक उद्योगलाई बृहत् बनाउने उद्देश्यले दुई संस्थाबीच काठमाडौँमा सम्झौता भएको हो।

फिन्टेक एलायन्स नेपाल गैरनाफामुखी संस्था हो। जसले फिनटेक बजारमा सहभागी र सरोकारवालाबीच सहकार्य गर्दै आएको छ। संस्थाले सदस्यहरूलाई सामूहिक रूपमा उद्योगका चुनौती सम्बोधन गर्ने अवसर दिँदै आएको छ। सम्झौतासँगै कलेजले फिन्टेक बजारसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्ना विद्यार्थीका लागि पनि अवसरको बाटो खोलेको कलेजले बताएको छ।

यस सहकार्यले विद्यार्थीलाई फ्यानले गर्दै आएको मासिक कार्यक्रमहरूमा विशेष पहुँच प्रदान गर्ने पनि कलेजको भनाइ छ। फ्यानको मासिक कार्यक्रममा करिब १०० फिनटेक प्रोफेशनलहरूको सहभागिता रहँदै आएको छ। सो कार्यक्रममा विद्यार्थीहरूले प्रतिष्ठित स्थानीय र अन्तर्राष्ट्रिय वक्ताहरूद्वारा सेमिनारहरूमा पहुँचको अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै, साझेदारीले विद्यार्थीका लागि फिनटेक उद्योगभित्र इन्टर्नसिप र प्लेसमेन्ट सम्भावनाको बाटो पनि खोलिदिएको कलेजको भनाइ छ।

सम्झौताबारे ब्रिटिस कलेजका उपप्रध्यापक, डा. प्याट्रिक म्याकक्रडनले सम्झौता विद्यार्थीका लागि फलदायी हुने बताए। ‘यो सहकार्य हाम्रा विद्यार्थीहरूका लागि निकै फलदायी रहनेछ,’ उनले भने, ‘विद्यार्थीहरूका लागि आफ्नो छनोट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्ने र फिन्टेक व्यवस्थापन, फिन्टेक व्यवसायको विकास, साइबर सुरक्षा, र विकासजस्ता क्षेत्रहरूमा उनीहरूको प्रक्षेपणलाई आकार दिने र उत्कृष्ट सल्लाहकारहबाट मार्गदर्शन पाउने अवसर प्राप्त गर्नेछन्।’

त्यस्तै, फ्यानका अध्यक्ष सञ्जीव सुब्बाले पनि आवश्यक सीप, नेटवर्क र ज्ञानका साथै महत्वाकांक्षी फिन्टेक पेशेवरहरूलाई सशक्त बनाउन सम्झौता महत्त्वपूर्ण हुने बताए। ‘यो साझेदारीले प्रतिभाहरूलाई प्रोत्साहन गर्दै नवीनतालाई सघाउँछ,’ उनले भने, ‘फिन्टेक इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ।’

प्रकाशित: ३ असार २०८० १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =