गण्डकी प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट

हिमाल प्रेस १ असार २०८० १७:५१
8
SHARES
गण्डकी प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट

पोखरा-  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभामा शुक्रबार आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले चालु आवको तुलनामा साढे २ अर्ब कम बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमध्ये चालतुर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात् कुल विनियोजित बजेटको ३८.१ प्रतिशत छ। यस्तै, पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार अर्थात् कुल बजेटको ६०.४ प्रतिशत छ। वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १.५ प्रतिशत रकम विनियोजन गरिएको हो।

साथै आगामी आवको लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट ४० करोड ८ लाख १६ हजार, सशर्त अनुदानतर्फ ४ अर्ब ९४ करोड १५ लाख हुने अनुमान छ।

प्रदेश राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब १६ करोड ९१ लाख प्राप्त हुने सरकारको अनुमान छ। चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात ३ अर्ब नगद मौज्दान बचत हुने अनुमान छ। यसरी न्युन हुने रकममध्ये १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने सरकारको व्यवस्था मिलाएको जनाएको छ।

गण्डकी सरकारले चालु आवको लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो। वैशाख मसान्तसम्म उक्त बजेट प्रदेश संचित कोषमा १९ अर्ब ४१ करोड ८९ लाख प्राप्ति भएकोमा १२ अर्ब ८४ करोड ९० लाख रुपैयाँ अर्थात् सुरु विनियोजनको करिब ३५ प्रतिशत खर्च भइ ९ अर्ब ९१ करोड ५९ लाख नगद मौज्दान रहेको जनाएको छ।

बजेटको पूर्णपाठ

प्रकाशित: १ असार २०८० १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =