कर्णालीको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख

हिमाल प्रेस १ असार २०८० १७:०५
10
SHARES
कर्णालीको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख

सुर्खेत–  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका हुन्। उनले चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको जानकारी दिए।

त्यस्तै स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको सिंहले बताए। त्यस्तै अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख, चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम ७ अर्ब ४१ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट बापत प्राप्त हुने ८ अर्ब ८४ करोड र वित्तीय समानीकरण अनुदानबाट प्रापत हुन आएको १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट रु ४ अर्ब ७५ करोड परिचालन गरिने उनले बताए।

त्यस्तै उनले संघीय सरकारबाट सशर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालिन हुने कार्यक्रम कार्यान्वयनका लागि १ करोड ८६ लाख ९० हजार स्रोत परिचालन गरिने जानकारी दिए।

बजेट पूर्ण पाठ

प्रकाशित: १ असार २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =