‘स्क्राम्बल २५०’ बाइकको नयाँ मूल्य सार्वजनिक

हिमाल प्रेस ३२ जेठ २०८० २१:१३
222
SHARES
‘स्क्राम्बल २५०’ बाइकको नयाँ मूल्य सार्वजनिक

काठमाडौँ- मोटरहेड ब्राण्डको ‘स्क्राम्बल २५०’ बाइकको नेपालमा नयाँ मूल्य सार्वजनिक गरिएको छ। नेपालका लागि मोटरहेडको आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीले असार १ गतेदेखि लागू हुनेगरी नयाँ मूल्य सार्वजनिक गरेको हो।

असार १५ गतेसम्म लागू हुनेगरी सार्वजनिक गरिएको मूल्यअनुसार ४ लाख ५५ हजार रुपैयाँमा स्क्राम्बल २५० किन्न पाइनेछ। यसअघि उक्त बाइकको मूल्य ४ लाख ९५ हजार रुपैयाँ रहेको थियो।

कम्पनीले नेपालमा स्क्राम्बल २५० का ४ वटा रङमा मफ्लर डिजाइनसहित बाइक किन्न पाउने जानकारी दिएको छ। कम्पनीले सो अवधिमा एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिने बताएको छ।

प्रकाशित: ३२ जेठ २०८० २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =