एन्टिमाइक्रोबियल रेसिस्टेन्स साइलेन्ट महामारीसम्बन्धी अन्तरक्रिया

हिमाल प्रेस ३२ जेठ २०८० ११:५४
2
SHARE
एन्टिमाइक्रोबियल रेसिस्टेन्स साइलेन्ट महामारीसम्बन्धी अन्तरक्रिया

सुर्खेत- एन्टिमाइक्रोबियल रेसिस्टेन्स साइलेन्ट महामारी, एन्टिबायोटिक्स तथा एएमआरसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ।

यूएसएआईडीका सिनियर मेडिकल अधिकृत डा. सन्तोष दुलालले एन्टिमाइक्रोबियल रेसिस्टेन्स साइलेन्ट महामारीको रूपमा फैलने एक प्रकारको सूक्ष्मजीवाणु भाइरस भएको बताए। उनले एन्टिमाइक्रोबियलको रेसिस्टेन्सको क्षमता विकास, प्रयोग र अवस्थाबारे जानकारी दिए।

उनका अनुसार जथाभाबी रूपमा औषधि प्रयोग गर्नु यस रोगको मुख्य कारण हो। विश्व परिवेशमा हेर्दा एएमआरको वृद्धिका कारण १२ लाख ७० हजार मानिसको मृत्यु भइसकेको उनको भनाइ छ।

कार्यक्रममा (बीयस) यूएसएआईडीका सिनियर प्रोग्राम अधिकृत डा‍ विवेका श्रेष्ठले एएमआईमा लैंगिक भिन्नताको असरबारे बताइन्। डा. श्रेष्ठले एएमआर र गर्भावस्थामा हुने असरबारे जानकारी दिएकी थिइन्।

प्रकाशित: ३२ जेठ २०८० ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =