टीभीएस एन्टर्क स्कुटरका लागि ‘ग्रिन टायर’ले थाल्यो उत्पादन

हिमाल प्रेस २९ जेठ २०८० २०:२१
8
SHARES
टीभीएस एन्टर्क स्कुटरका लागि ‘ग्रिन टायर’ले थाल्यो उत्पादन

काठमाडौँ- नेपाली टायर उत्पादक कम्पनी ‘ग्रिन टायर’ले टीभीएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको छ। १००-८०-१२ ड्यास र ११०-८०-१२ ड्यास साइजको टायर गुणस्तरीय र किफायती रहेको कम्पनीले जानकारी दिएको छ।

प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरिकाले डिजाइन गरिएको टायर सुक्खा, चिसो र अफरोडमा पनि प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ। रोलिङ प्रतिरोधि क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने कम्पनीले दाबी गरेको छ।

‘अहिले बिक्रीपछिको सेवाका लागि आवश्यक टायरको रूपमा यो टायर प्रयोग गर्न सकिन्छ,’ कम्पनीका प्रबन्धक विकास सिंघानियाले भने, ‘नेपाली बजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएका कारण टायर उत्पादनमा ग्रिन टायरले विशेष ध्यान केन्द्रित गरेको हो।’ कम्पनीले वार्षिक २ लाख ५० हजार थान टायर उत्पादन गर्दै आएको छ।

प्रकाशित: २९ जेठ २०८० २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =