वृक्षरोपण र सरसफाइ गर्दै सिद्धार्थ बैंकले मनायो विश्व वातावरण दिवस

हिमाल प्रेस २२ जेठ २०८० २०:४२
6
SHARES
वृक्षरोपण र सरसफाइ गर्दै सिद्धार्थ बैंकले मनायो विश्व वातावरण दिवस

काठमाडौँ- सिद्धार्थ बैंकले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ। सातै प्रदेशमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको बैंकले जानकारी दिएको छ।

सो क्रममा विभिन्न स्थानमा सफाइ, वृक्षरोपण, टिकटक प्रतियोगिता, पुनः प्रयोग गर्न सकिने ब्याग वितरणलगायत कार्यक्रम गरिएको बैंकले बताएको छ। टिकटक प्रतियोगिता बैंकका कर्मचारीबीच मात्रै भएको थियो।

बैंकले वृक्षरोपण तथा सरसफाई कार्यक्रमअन्तर्गत सातै प्रदेशमा ५ सय ८१ बोटबिरुवा रोपेको बैंकको भनाइ छ। सरसफाइ र वृक्षरोपणलगायत कार्यक्रलमले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने बैंकको भनाइ छ।

प्रकाशित: २२ जेठ २०८० २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =