सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगञ्जको ‘ले रायरा रेष्टुरेन्ट’मा छुट

हिमाल प्रेस १८ जेठ २०८० १६:४०
6
SHARES
सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगञ्जको ‘ले रायरा रेष्टुरेन्ट’मा छुट

काठमाडौँ- सिद्धार्थ बैंकका ग्राहकले नेपालगञ्जको ‘ले रायरा रेष्टुरेन्ट’ र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

त्यसका लागि बैंकले ‘ले रायरा रेष्टुरेन्ट’सँग सम्झौता गरिएको बताएको छ। सम्झौतापत्रमा बैंकका नेपालगञ्ज शाखा प्रमुख किरण राणामगर र रेष्टुरेन्टका प्रबन्ध निर्देशक सिभान्शु यादवले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका ग्राहकले ले रायरा रेष्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा पार्क टिकट १० प्रतिशतसम्म छुट पाउनेछन्। छुट लिन ग्राहकले सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित: १८ जेठ २०८० १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =