काठमाडौँ- सामसङले मध्य बानेश्वरमा नयाँ सर्भिस सेन्टरको सुरुवात गरेको छ।
सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क र निर्देशक प्रणयरत्न स्थापितले संयुक्तरूपमा सर्भिस सेन्टर उद्घाटन गरेका हुन्। योसँगै सामसङको सर्भिस सेन्टरको संख्या २१ पुगेको छ।
सामसङका काठमाडौँ उपत्यकामा ६ वटा र १५ वटा सर्भिस सेन्टर उपत्यका बाहिर छन्।
प्रकाशित: २२ जेठ २०८० १५:०३
प्रतिक्रिया