निजी विद्यालयलाई श्रम र बालमैत्री बनाउन निस्टाले पहल गर्ने

हिमाल प्रेस २१ जेठ २०८० १५:३९
292
SHARES
निजी विद्यालयलाई श्रम र बालमैत्री बनाउन निस्टाले पहल गर्ने

काठमाडौँ- नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)ले निजी शिक्षण संस्थालाई श्रममैत्री र बालबालिकामैत्री बनाउन पहल गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस निकट संघ निस्टाको सम्पादन समितिको बैठकले नीजी विद्यालयलाई बालबालिकामैत्री बनाउन र शिक्षकको हकहितमा पहल गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष भोला चालिसेले विद्यालय शिक्षालाई व्यवस्थित गर्न लोकतान्त्रिक मूल्यमान्यताअनुसार नै राजनीतिक दललाई शैक्षिक र पेसागत परामर्श प्रदान गर्न यस संस्थाले भूमिका निर्वाह गर्ने बताए।

संघले सांगठनिक तथा रचनात्मक कामहरूलाई अघि बढाउँदै शिक्षा प्रणाली सुधारका काममा अग्रसर भई भूमिका निर्वाह गर्ने बताएकाे छ।

प्रकाशित: २१ जेठ २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =