भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

हिमाल प्रेस २० जेठ २०८० २१:४१
8
SHARES
भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

नयाँ दिल्ली- भारतको पूर्वीराज्य ओडिसामा दुई यात्रुबाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ। अन्य ८०३ जना घाइते भएका छन्।

टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै दुई दशकयताको सबैभन्दा ठूलो रेल दुर्घटना भएको उल्लेख गरेको छ। ‘२० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ,’ टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

घाइते यात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ। ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब १७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसन नजिकै शुक्रबार साँझ सो दुर्घटना भएको हो।

उक्त दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा अवरुद्ध भएको छ। दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ भने ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ। त्यस्तै १० वटाको आवागमन केही समयका लागि रद्द गरिएको थियो।

घटनाबारे बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घटनास्थल पुगेका छन्। रासस/सिन्ह्वा

ओडिशा रेल दुर्घटनामा २ सय ३३ यात्रुको मृत्यु, ९ सय बढी घाइते

प्रकाशित: २० जेठ २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =