विद्युतीय सवारीसाधनकाे ब्याट्री व्यवस्थापनमा प्रतिबद्ध छौँ : साइमेक्स इंक

हिमाल प्रेस २० जेठ २०८० १७:१६
8
SHARES
विद्युतीय सवारीसाधनकाे ब्याट्री व्यवस्थापनमा प्रतिबद्ध छौँ : साइमेक्स इंक

काठमाडौँ– नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनीले बीवाईडीको ब्याट्री व्यवस्थापनमा प्रतिबद्ध रहेको बताएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१को बजेटमार्फत ब्याट्री व्यवस्थापनबारे दिएको चासोबारे आफ्नो धारणा सार्वजनिक गर्न विज्ञप्ति निकाल्दै कम्पनीले ब्याट्री व्यवस्थापनका लागि प्रतिबद्ध रहेको बताएको हो।

‘सरकारले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेट मार्फत नै केही बोलेको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई हामी बीवाईडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले सकारात्मक रूपमा लिएका छौँ।’

नवीन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्ने भन्दै साइमेक्स इंकले समाज र राष्ट्रप्रति सधैँ उत्तरदायी भएर काम गर्दै आएको दाबी पनि गरेको छ। ‘भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्न हामी प्रतिबद्ध छौँ, विज्ञप्तिमा भनिएको छ, ‘विद्युतीय साधनको सबैभन्दा चुनौतिपूर्ण मानिएको ब्याट्री व्यवस्थापना गर्न निरन्तर लागि रहेका छौँ।’

प्रकाशित: २० जेठ २०८० १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =