जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस १९ जेठ २०८० २१:२२
12
SHARES
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला– जुम्लामा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।

मृत्युक सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर यहाँको तातोपानी गाउँपालिका–६ चिमलडाँडाबाट ढुङ्गा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्रयाक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो।

ट्रयाक्टर सडकभन्दा ५० मिटर तल खसेको छ।

प्रकाशित: १९ जेठ २०८० २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =