नक्कली शरणार्थी प्रकरण : टोपबहादुर, बालकृष्णसहित सबै अभियुक्तको बयान सकियो

हिमाल प्रेस १९ जेठ २०८० १८:२७
22
SHARES
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर, बालकृष्णसहित सबै अभियुक्तको बयान सकियो शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सबै अभियुक्तको बयान सकिएको छ। आज शुक्रबार पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहसको टुंगो लागेको हो।

अहिलेसम्म यस प्रकरणमा १८ जना पक्राउ परेका छन्। नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको थियो।  अब आइतबारबाट थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले यस प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरेको थियो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो।  मुद्दा दर्ता गर्ने क्रममा १६ अभियुक्त पक्राउ परिसकेका थिए भने अन्य १४ फरार रहेका थिए। अदालतमा मुद्दा दायर भइसकेपछि फरारमध्येका लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परे थिए। हाल १८ अभियुक्त हिरासतमा छन्।

थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट आठजनाले बहस गर्ने छन् भने प्रत्येक अभियुक्तका आफ्ना कानुन व्यवसायी समेतले बहस गर्ने छन्। आइतबारबाट सुरु हुने थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश हुने छ।

प्रकाशित: १९ जेठ २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =