एलिट क्यापिटलद्वारा रिलायबल लाइफको सेयर प्रत्याभूति

हिमाल प्रेस १९ जेठ २०८० ११:३७
6
SHARES
एलिट क्यापिटलद्वारा रिलायबल लाइफको सेयर प्रत्याभूति

काठमाडौँ- एलिट क्यापिटल लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर प्रत्याभूति गरेको छ।

एलिटले रिलायबलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले अंकित मूल्य एक सयमा थप ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ।

बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ। उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको छ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीले बिमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी २ अर्ब रुपैयाँ पुर्‍याउनका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

प्रकाशित: १९ जेठ २०८० ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =