हिमालयन रिइन्स्योरेन्सको आईपीओ बिक्री खुला

हिमाल प्रेस २७ मंसिर २०८० ६:५७
134
SHARES
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौँ- हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ।

रिइन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिकित्ता २ सय ६ रुपैयाँमा २ करोड ४९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतममा ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन्। सो सययभित्र पूर्ण आवेदन नपरे निष्कासन अवधि पुस ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ।

प्रकाशित: २७ मंसिर २०८० ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =