प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु हुँदै

हिमाल प्रेस ३२ जेठ २०८० ८:३८ | Thursday, June 15, 2023
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु हुँदै

काठमाडौँ– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार (आज)देखि सुरु हुँदैछ। बिहान ८ बजेदेखि संसदीय सुनुवाइ समितिमा कार्कीको सुनुवाइको क्रम सुरु भएको हो।

सुनुवाइको सुरुमा कार्कीले आफ्नो कार्ययोजना पेस गर्नेछन्। त्यसपछि समितिका सदस्यहरूले उनीमाथि प्रश्न गर्नेछन्। वैशाख २५ गते नै प्रधानन्यायाधीशमा उनको नाम सिफारिस भए पनि संसदीय सुनुवाइ समिति नै गठन नभपछि उनको सुनुवाइ ढिला भएको हो।

संसदीय सुनुवाइ समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्र कार्की र रमेशजंग रायमाझी, माओवादी केन्द्रबाट जनार्दन शर्मा र जग शर्मा सदस्य छन्।

यस्तै एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल, रास्वपाबाट डीपी अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन्।

हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीमाथि २९ वटा उजुरी दर्ता भएका छन्। बुधबार उजुरीकर्तासँग छलफल भएको थियो।

प्रधानन्यायाधीशमा कार्कीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

प्रकाशित: ३२ जेठ २०८० ८:३८ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast