प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए शपथ

हिमाल प्रेस १ असार २०८० १९:०२ | Friday, June 16, 2023
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए शपथ

काठमाडौँ– प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका कार्कीलाई आजै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए।

त्यस्तै उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपतिपौडेलबाट पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।

कार्की यसअघि कायममुकायम प्रधानन्यायाधीश थिए। उनी साउन २० गते सेवा निवृत्त हुनेछन्।  नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा  कार्की प्रधान्यायाधीश बनेका हुन्।

प्रकाशित: १ असार २०८० १९:०२ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast