प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन

हिमाल प्रेस १ असार २०८० ११:१७ | Friday, June 16, 2023
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौँ– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा पदमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको छ। सिंहदरबारमा शुक्रबार (आज) बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।

कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भए पनि संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरु भएको थियो। बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए।

न्यायिक क्षेत्रको विचलन रोक्न आफू सफल भएको दाबी गर्दै उनले आफूले गोला प्रथा लागू गरेपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको समितिलाई बताएका थिए।

सुनुवाइको दोस्रो दिन आज उनीविरूद्ध दर्ता भएका २९ वटा उजुरीबारे समितिका सदस्यहरूले प्रश्न गरेका थिए। जवाफमा कार्कीले आफूमाथि परेका उजुरी पुष्टि गर्न चुनौती दिएका थिए।

प्रश्नोत्तरपछि उनलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो। प्रधान्यायाधीशमा कार्कीको नाम संसदीय सुनवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

प्रकाशित: १ असार २०८० ११:१७ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast