कोशी प्रदेश : हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुखले तोके कामचलाउ मुख्यमन्त्री

हिमाल प्रेस १५ असार २०८० १८:१९ | Friday, June 30, 2023
कोशी प्रदेश : हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुखले तोके कामचलाउ मुख्यमन्त्री हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी– आज मात्रै प्रदेशसभाबाट विश्वासको मत नपाएका हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले कामचलाउ मुख्यमन्त्री तोकेका छन्। नयाँ मन्त्रिपरिषद् गठन नहुन्जेलसम्मका लागि प्रदेश प्रमुख खापुङले कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका हुन्।

कोशीमा सत्तारुढ दल एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ।

विपक्षी दलहरूमध्ये नेपाली कांग्रेससँग २९, माओवादी (सभामुखसहित) १३, नेकपा (एकीकृत समाजवादी) सँग ४ र जसपासँग १ जना सांसद छन्।  विश्वासका मतका लागि भएको मत विभाजनमा उनको पक्षमा ४६ मत परेको थियो। विपक्षमा ४३ सांसदले मतदान गरेका थिए। आजको बैठकमा ८९ जना सहभागी थिए।

कोशीमा सरकार गठनको नयाँ ‘कोर्स’ सुरु, कसले गर्ला नेतृत्व?

कोशीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, नयाँ सरकार गठनको ढोका खुल्यो

प्रकाशित: १५ असार २०८० १८:१९ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast