कोशीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, नयाँ सरकार गठनको ढोका खुल्यो

विवेक विवश रेग्मी १५ असार २०८० १३:४२
176
SHARES
कोशीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत,  नयाँ सरकार गठनको ढोका खुल्यो

इटहरी– कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि सरकार ढलेको छ। प्रदेशसभामा शुक्रबार भएको मतदानमा कार्कीका पक्षमा आवश्यक बहुमत  नपरेपछि उनको सरकार ढलेको हो। विश्वासका मतका लागि भएको मत विभाजनमा उनको पक्षमा ४६ मत परेको थियो। विपक्षमा ४३ सांसदले मतदान गरेका थिए। आजको बैठकमा ८९ जना सहभागी थिए।

मुख्यमन्त्री कार्कीले बिहीबारको बैठकमा विश्वासको मत प्राप्तिका लागि प्रस्ताव पेस गरेका थिए। कार्की पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कार्कीले नेकपा (माओवादी केन्द्र), राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

यसअघि मुख्यमन्त्री हिक्मत कार्कीले प्रमुख विपक्षी र विपक्षी दललाई विश्वासको मत दिन औपचारिक पत्राचार गरेका थिए। तर प्रमुख विपक्षी कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले औपचारिक रूपमै दलको बैठकबाट मत नदिने निर्णय गरेका थिए। जसपाले भन् तटस्थ बस्ने निर्णय गरेको थियो।

कोशीमा सत्तारुढ दल एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ।

विपक्षी दलहरूमध्ये नेपाली कांग्रेससँग २९, माओवादी (सभामुखसहित) १३, नेकपा (एकीकृत समाजवादी) सँग ४ र जसपासँग १ जना सांसद छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =