अध्यादेशमार्फत कोशीमा ३६ अर्ब २४ करोड रुपैयाँको बजेट

हिमाल प्रेस ३२ जेठ २०८० १७:४५ | Thursday, June 15, 2023
अध्यादेशमार्फत कोशीमा ३६ अर्ब २४ करोड रुपैयाँको बजेट

इटहरी- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ। बिहीबार अध्यादेश जारी गर्दै पत्रकार सम्मेलनमार्फत आगामी आर्थिक वर्षको बजेट सा्रवजनिक गरिएको हाे।

काेशी प्रदेश सरकारले आगामी आवका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकाे छ। कोशीका मुख्यमन्त्री समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका हुन्।

आगामी आवका लागि १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार रुपैयाा चालुतर्फ र १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ पुँजीगततर्फ विनियोजन गरेको कार्कीले बताए।

कोशीमा अध्यादेशमार्फत बजेट ल्याइयो

प्रकाशित: ३२ जेठ २०८० १७:४५ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast