कृषि अनुदान : ‘उत्पादन साथमा, अनुदान हातमा’

हिमाल प्रेस १५ जेठ २०८० १७:५४
2
SHARE
कृषि अनुदान : ‘उत्पादन साथमा, अनुदान हातमा’ जेठ १५ गते संसद्को संयुक्त बैठकमा बजेट पेस गर्न जाँदै अर्थमन्त्री डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- सरकारले कृषि क्षेत्रमा दिँदै आएको अनुदान उत्पादनमा आधारित बनाउने भएको छ। सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन्। ‘उत्पादन साथमा, अनुदान हातमा’ नारासहित अनुदानलाई उत्पादनमा आधारित बनाइने अर्थमन्त्री महतले बताए।

कृषि अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउनभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याउने प्रतिवद्धता उनले गरे। बजेटमा कृषि अनुदान सदुपयोग नभएको भन्ने आम गुनासोलाई सम्बोधन गर्न सो मापदण्ड बनाउने कार्यक्रम तय गरिएको उनले बताए।

‘राष्ट्रिय अर्थतन्त्रको मुख्य आधारको रूपमा रहेको कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न जोड दिइनेछ,’ उनले बजेट बढ्दै भने, ‘कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा कृषि उपजको भण्डारण र बजारीकरणको समुचित प्रबन्ध मिलाइनेछ।’

खाद्य तथा पोषण सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिने उनले बताए। ‘उत्पादन साथमा, अनुदानमा हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइनेछ,’ उनले भने, ‘बीउ खरिद, रासायनिक मल, विमा र यान्त्रिकीकरणमा दिँइदै आएको अनुदानबाहेक सबै अनुदानलाई उत्पादनमा आधारित बनाइनेछ।’

प्रकाशित: १५ जेठ २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =