रेशमको कैद सजाय माफीप्रति रास्वपाको विमति

हिमाल प्रेस १४ जेठ २०८० २१:४५
60
SHARES
रेशमको कैद सजाय माफीप्रति रास्वपाको विमति राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल।

काठमाडौँ- टिकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीको कैद सजाय माफी दिने सरकारी निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विमति व्यक्त गरेको छ।

गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन्। उक्त माफी गणतन्त्र दिवसको दिव अर्थात सोमबारबाट लागू हुने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सोही सन्दर्भमा आइतबार साँझ विज्ञप्ति निकाल्दै रास्वपाले हिंसात्मक घटनामा दोषी ठहर भइ तीनै तहको अदालतबाट जन्मकैद सजाय पाएका चौधरीलाई माफी दिन सरकार योजनाबद्ध ढंगले लागिपरेको उल्लेख गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वंयले सदनको रोस्टममै उभिएर चौधरीलाई छुटाउन विद्यमान कानुनमा संशोधन गरेकोबाट नै दोषीलाई छुटाउन सरकार लागिपरेको पुष्टि हुने रास्वपाको भनाइ छ। ‘सरकारको यो कदम पूर्वाग्रही तथा आममाफीको मर्मविपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको रास्वपाको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।

कुनै पनि राजनीतिक अभियानका क्रममा कुनै पनि समुदायका निर्दोष नागरिकहरू पीडित हुनु नहुने रास्वपाको भनाइ छ। ‘तर राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन सक्दैन,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ।’

प्रकाशित: १४ जेठ २०८० २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =