सुरुङमार्गको काम ८३ प्रतिशत सम्पन्न, कहिले गुड्छन् गाडी?

हिमाल प्रेस १२ जेठ २०८० १६:०८
6
SHARES
सुरुङमार्गको काम ८३ प्रतिशत सम्पन्न, कहिले गुड्छन् गाडी? फाइल तस्बिर

काठमाडौँ- राजधानी काठमाडौँ छिर्ने नाका नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरिएको छ।

सुरुङमार्गको लम्बाइ २ हजार ६८० मिटर छ। यसको मुख्य टनेल दसैँ आसपासमा ‘ब्रेक थ्रु’ गर्ने गरी काम अगाडि बढाइएको नागढुंगा सुरुङमार्ग आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए।

सुरुङमार्गमा रहेका दुईमध्ये मुख्य टनेल गाडी सञ्चालनका लागि बनाइएको छ। अर्को कुनै घटना हुँदा उद्धारका लागि प्रयोग गरिने छ। ३० मिटरको दूरीमा बनाइएको इभ्याकुएसन टनेल हरेक ३७५ मिटरमा मुख्य टनेलसँग जोडिएको छ।

मुख्य टनेलको चौडाइ ९.५० मिटरको छ। इभ्याकुएसन टनेल ४.५ मिटरको बनाइएको छ। शुक्रबार मात्रै सुरुङमार्ग अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्रमा सञ्चालनमा आउने गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। हालसम्म सुरुङमार्गको समग्र प्रगति ६० प्रतिशत छ। सुरुङ खन्ने काम चाहिँ ८३ प्रतिशत सकिएको छ।

नागढुंगा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो। सन् २०१९ देखि निर्माण सुरु भएको थियो। आयोजना निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्नेछ। यसमा १६ अर्ब रुपैयाँ जापान सरकारको ऋण अनुदान प्राप्त भएको छ।

४२ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि कोरोनाका कारण एक वर्ष थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने समय निर्धारण गरिएको छ। -राससको सहयोगमा

प्रकाशित: १२ जेठ २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =