सरकारी कागजात कीर्ते गरी फरार रहेका २ जना पक्राउ

हिमाल प्रेस ८ जेठ २०८० २०:४९
16
SHARES
सरकारी कागजात कीर्ते गरी फरार रहेका २ जना पक्राउ

इटहरी- सरकारी कागजात कीर्ते गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरी जिल्ला अदालतले सरकारी कागज छाप दस्तखत कीर्ते मुद्दामा ४ वर्षअघि कैद सजाय फैसला गरेका धरान-१३ का विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

उनलाई जिल्ला अदालत सुनसरीले ११ महिना १२ दिन कैदसजाय सुनाएको थियो। कैदसजाय बेरुजु रही फरार रहेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको कार्यालयले बताएको छ।

पक्राउ गरेका तामाङलाई कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको प्रहरीको भनाइ छ। त्यस्तै प्रहरीले चोरी मुद्दामा मोरङ जिल्ला अदालतले ४ वर्ष १ महिना ४ दिन कैदसजाय सुनाएका दमक नगरपालिका ८ का ३७ वर्षीय गोविन्द राउतलाई पनि पक्राउ गरेको छ।

२०७० साल पुस ११ गते अदालतले सजाय सुनाएपछि फरार रहेका राउतलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला कारागार मोरङ पठाइएको बताएको छ।

प्रकाशित: ८ जेठ २०८० २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =