१३३ कम्पनीको मूल्य बढ्यो, परिसूचक १८९१ बिन्दुमा

हिमाल प्रेस ८ जेठ २०८० १५:२५
2
SHARE
१३३ कम्पनीको मूल्य बढ्यो, परिसूचक १८९१ बिन्दुमा

काठमाडौँ- सोमबार सेयर बजार परिसूचक (नेप्से) मा १३३ कम्पनीको मूल्य बढेको छ। कारोबार भएकामध्ये ७८ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेकाे छ।

साेमबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे थियाे। युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशत, गुडविल फाइनान्सको ६.२३ र सामुदायिक लघुवित्तको ५.३६ प्रतिशतले बढेको छ।

कारोबार रकमका हिसाबले सोमबार शिवम् सिमेन्ट पहिलो स्थानमा रहेकाे छ। उक्त् कम्पनीकाे ७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सोल्टी होटल लिमिटेडको ६ करोड १७ लाख र ओरियन्टल होटलको ५ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

साेमबार ३४ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएकाे छ। नेप्से परिसूचक ८.१० अंकले बढेको छ।

सोमबार बैंकिङ र व्यापार उपसमूहको सूचक बाहेक बाँकीको सूचक उकालो लागेको छ। सबैभन्दा धेरै उत्पादन उपसमूहको सूचक २.४४ प्रतिशतले बढेको छ।

प्रकाशित: ८ जेठ २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =