१९ अंकले घट्यो नेप्से, १ अर्ब १३ करोडको कारोबार

हिमाल प्रेस २६ भदौ २०८० १५:२१
12
SHARES
१९ अंकले घट्यो नेप्से, १ अर्ब १३ करोडको कारोबार

काठमाडौँ– मंगलबार सेयर बजार परिसूचक (नेप्से) १९.४२ अंकले घटेको छ। १९८७ बिन्दुबाट सुरु भएको बजार १९६७.५७ बिन्दुमा पुगेर रोकिएको छ। यसअघि सोमबार सेयर बजार परिसूचक ४४ अंकले बढेको थियो।

आज १९१ कम्पनीको सेयर मूल्य घटेको छ। ३३ कम्पनीको मूल्य बढ्यो भने ४ कम्पनीको स्थिर रह्यो। मंगलबार २७६ कम्पनीको ३९ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १३ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ।

आज शुभम् पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। साम्लिङ पावर कम्पनी, माथिल्लो स्याङ्गे हाइड्रो, अरुण काबेली पावरलगायत कम्पनीका लगानीकर्ता आज बढी कमाउनेको शीर्ष सूचीमा छन्।

थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सुपर मादी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलगायत कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्।

नेपाल एसबीआई बैंकको ७ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। शिवम् सिमेन्टको ६ करोड ३५ लाख र एभरेष्ट बैंक लिमिटेडको ४ करोड ५५ लाख रुपैयाँको कारोबार भयो।

प्रकाशित: २६ भदौ २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 14 =