भारतको सहयोगमा दुई परियोजना निर्माण हुने

हिमाल प्रेस ४ जेठ २०८० १५:५४
8
SHARES
भारतको सहयोगमा दुई परियोजना निर्माण हुने

काठमाडौँ– भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएका छन्। स्वास्थ्य र शिक्षाका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच बुधबार सम्झौता भएको हो।

सम्झौतामा रामेछापको मालागिरि शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माण गर्ने उल्लेख गरिएको छ।

८ करोड ३३ लाख लगानीमा दुई परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनाले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: ४ जेठ २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =