भारतीय सहयोगमा दिदिङ विद्यालयको भवन बन्दै

हिमाल प्रेस २६ चैत २०८० २०:४६
24
SHARES
भारतीय सहयोगमा दिदिङ विद्यालयको भवन बन्दै

काठमाडौँ- संखुवासभाको चिचिला गाउँपालिका-३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालयको भवन शिलान्यास गरिएको छ।

भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंह र चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्तरूपमा शिलान्यास गरेका हुन्।

भवन नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको चार करोड आर्थिक सहयोगमा निर्माण हुन लागेको हो।

भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने विज्ञप्तिमा जनाइएको छ।

दूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन्। सोमध्ये ४८८ वटा परियोजना सम्पन्न भइसकेको दूतावासले जनाएको छ।

प्रकाशित: २६ चैत २०८० २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =