काठमाडौँ- बेलायतको ‘रोयल कलेज अफ डिफेन्स स्टडिज’को अध्ययन भ्रमण सम्पन्न भएको छ। ‘कमान्डेन्ट लेफ्टिनेन्ट जेनेरल’ जर्ज नोर्टनको नेतृत्वमा गत सोमबार (वैशाख २५ गते) नेपाल आएको टोली शनिबार (वैशाख ३० गते) फर्केको नेपाली सेनाले बताएको छ।
६ दिन नेपालमा रहेको उक्त टोलीले नेपालमा विभिन्न अध्ययन गरेको थियो। भ्रमणको क्रममा प्रधानसेनापति प्रभुराम शर्मासँग भेट, वीरेन्द्र शान्ति कार्यतालिम केन्द्रलगायत ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको अवलोकन गरिएको थियो।
यस किसिमको भ्रमणले दुई देशको सम्बन्ध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा नेपाली सेनाले गरेको छ।
                            प्रकाशित: ३० वैशाख  २०८० १७:५० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

