‘नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्’ [तस्बिरहरू]

दिपेश श्रेष्ठ २७ वैशाख २०८० १७:०५
8
SHARES
‘नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्’ [तस्बिरहरू]

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई सरकारले जोगाउन खोजेको भन्दै नागरिक समाजले दबाबमूलक कार्यक्रम गरेको छ।

बुधबार काठमाडौँको भद्रकालीमा बृहत् नागरिक आन्दोलनका अभिन्ताहरूको सहभागितामा प्रदर्शन गरिएको हो।

उनीहरूले भ्रष्टाचारजस्ता कार्यमा संलग्न जोकसैलाई पनि कारबाही गर्नुपर्ने भन्दै  प्रदर्शन गरेका हुन्।  प्रदशर्नकारीहरूले ‘भ्रष्टाचारी धपाऔँ, लोकतन्त्र बचाऔँ’, ‘खोइ कर? भ्रष्टाचारीको पेटमा’, ‘नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्’ जस्ता नारा लगाएका थिए।

उनीहरुले ठूला दलका नेताहरुले मिलेर सो प्रकरणमा संलग्नलाई पनि उन्मुक्ति दिन सक्ने भन्दै त्यसो नगर्न खबरदारी गरेका थिए। यस प्रकरणलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले नै धोका दिन सक्ने भएकाले दबाब आन्दोलन सुरु गर्नुपरेको वरिष्ठ चिकित्सक गोविन्द केसीले बताए।

उनले भने, ‘यसमा पनि षड्यन्त्र हुन सक्छ। अहिले फेरि पनि धोका दिन सक्छन् प्रचण्डले पनि। तर अब जनतालाई यिनीहरुले धोका दिन सक्ने अवस्था छैन। जनतामा अव कुनै पनि खालको षड्यन्त्रमा पर्दैनन्। उनले विगतमा गरेको गल्ती कामहरुको पनि जवाफदेही हुनैपर्छ।’

अर्का नागरिक अभियन्ता सञ्जीव उप्रेतीले सो प्रकरणलाई ढाकछोप हुन नदिन आफूहरुले दबाब आन्दोलन सुरु गर्नुपरेको बताए। उनले देशलाई बदनाम हुन नदिन आफूहरु पनि लागिपर्ने चेतावनीसमेत दिए। अभियन्ता उप्रतीले भने, ‘सो प्रकरणको छानविनलाई रोक्ने, विषयान्तर गर्ने षड्यन्त्र हुन सक्छन्। त्यसलाई रोक्न हामीले आन्दोलन सुरु गरेका हौँ।’

 

 

प्रकाशित: २७ वैशाख २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =