पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि प्रहरी परिसर लगियो

हिमाल प्रेस २७ वैशाख २०८० ११:१४
4
SHARES
पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि प्रहरी परिसर लगियो

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ, टेकु लगिएको छ।

उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर लगिएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

यो सँगै उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। खाणसँगै उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्।

यसअघि मंगलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ।

उक्त घटनामा आरोपित नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ। जिल्ला प्रहरी परिसरले उनीविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन्। उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन्।

प्रकाशित: २७ वैशाख २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =