‘एनवाईईएफ’ उद्यमशीलता सम्मेलन सम्पन्न

हिमाल प्रेस २६ वैशाख २०८० १८:२२
6
SHARES
‘एनवाईईएफ’ उद्यमशीलता सम्मेलन सम्पन्न

काठमाडौँ- ‘एनवाईईएफ काठमाण्डू’ले एनवाईईएफ उद्यमशीलता सम्मेलन २०२३ आयोजना गरेको छ। युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन गर्न र सहयोग गर्ने उद्देश्यले सम्मेलन गरिएको हो।

पहिलो पटक आयोजना गरिएको सम्मेलन सफल रहेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रम उद्‌घाटन  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, सांसद सोभिता गौतम, एनवाईईएफ एनजीसी अध्यक्ष रितेश लामिछाने र एनवाईईएफ काठमाडौँ अध्यक्ष चिराग गोयलले गरेका थिए।

गोयलले देशको आर्थिक विकासका लागि युवा आफैँले रोजगारी सिर्जना गर्ने अवसर पाउनुपर्ने बताए। यस्तै उनले विद्यमान कानुन पनि महिलालाई उद्यमशील बनाउने गरी संशोधन गर्नुपर्नेमा जोड दिए। सम्मेलनमा उद्योग विशेषज्ञ र भेन्चर क्यापिटलिस्टसहित पाँच सयभन्दा बढीको सहभागिता थियो।

सम्मेलन इभेन्ट चेयर इच्छा मल्लले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन र नेपाली उद्यमशीलता पारिस्थितिकी प्रणालीको विकासमा योगदान दिने सबैलाई धन्यवाद दिएकी थिइन्।

प्रकाशित: २६ वैशाख २०८० १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =