‘सडक मानव’ मुक्त तुलसीपुर

हिमाल प्रेस २५ वैशाख २०८० १०:२५
8
SHARES
‘सडक मानव’ मुक्त तुलसीपुर

तुलसीपुर- हाल तुलसीपुरमा सडक मानव छैनन्। यदि बाहिरबाट आए पनि तत्काल उद्धार गरेर आश्रममा पठाउने गरिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार हाल तुलसीपुरमा सडक मानव नरहेका जानकारी दिए।

तुलसीपुरमा मानव सेवा आश्रममा सबै सडक मानवलाई उद्धार गरेर राख्न थालेपछि यसरी सडक मानव मुक्त भएको हो। संस्थाका शाखा प्रमुख हिरु जोशीका अनुसार वेवारिसे अवस्थामा हिँडिरहेकालाई उपचार गरेर परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आइरहेको बताए।

उनका अनुसार अहिलेसम्म २० भन्दा बढीलाई उपचार पछि पुनःस्थापना गरिएको छ।

‘हामीले ल्याएर उपचार गर्छौं, खाना, वास दिन्छौँ’, उनले भने, ‘सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म २०/२२ जनालाई परिवारमा मिलन गरिसकेका छौँ।’

पुनर्मिलन पछि स्वास्थ्यका बारेमा फलोअप पनि हुने गरेको उनको भनाइ छ। अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको उनले बताए।

तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई/तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था आउने गरेकोसमेत प्रमुख अधिकारीले बताए।

वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेको उनले बताए। उक्त संस्था तुलसीपुरमा गएको वर्ष मंसिरमा स्थापना भएको हो।

अहिले सरकरले १५ प्रतिशतसम्म संस्थालाई सहुलियत दिएको भए पनि बाँकी विभिन्न सहयोगीदातामार्फत नै सहयोग संकलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख जोशीको भनाइ छ।

हाल तुलसीपुर शाखामा दुई जना केयर गिभर, भने एक कुक र दुई स्वयंसेवक कार्यरत रहेका छन्।

त्यस्तै सामाजिक विकास मन्त्रालयले दुई जना नर्स सहयोग गरेको छ। आश्रमको १६ जिल्लामा २३ शाखा छन्। लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगञ्जमा शाखा छन्।

प्रकाशित: २५ वैशाख २०८० १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =