प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ सम्पन्न

हिमाल प्रेस २४ वैशाख २०८० १८:५५
2
SHARE
प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ सम्पन्न

काठमाडौँ- प्रभु लाइफ इन्स्योरेन्सले ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम गरेको छ। इटहरीमा सम्पन्न कार्यक्रममा कम्पनीका कोशी प्रदेश ‘ए’ र ‘बी’अन्तर्गतका एजेन्सी लिडरहरूको सहभागिता थियो।

‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरे। प्रसाईले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आबद्ध बिमा मध्यस्थकर्ताहरूको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास रहेको बताए। ‘हामीले आफ्नो कामलाई महत्त्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाई हामीलाई खोज्दै आउने छ,’ उनले भने, ‘त्यसैले आफ्नो कामलाई माया गरौँ र निरन्तरता दिऔँ।’

प्रभु लाइफका नायब महाप्रबन्धक सोनबहादुर मगरले जीवन बिमाको औचित्य र जीवन बिमा मध्यस्थकर्ताका काम, कर्तव्यबारे आफ्नो धारणा राखे। कार्यक्रममा कोशी प्रदेश ‘ए’ र ‘बी’अन्तर्गतका पाँच पाँच जना उत्कृष्ट बिमा अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।

प्रकाशित: २४ वैशाख २०८० १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =