संविधानको पुनःमूल्यांकन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति

हिमाल प्रेस ६ जेठ २०८० ११:४८ | Saturday, May 20, 2023
संविधानको पुनःमूल्यांकन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति फाइल तस्बिर

काठमाडौँ- नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनःमूल्यांकन गर्ने बेला नभएको बताएका छन्।

शुक्रबार काठमाडौँमा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले नै संविधानको पुनःमूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रूपमा संविधान लागू गरेर जाने समय रहेको जिकिर गरे।

उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे।

कार्यक्रममा लेखक वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरूले संविधान अनुकूल काम नगर्दा पुस्तकबाट जनतामा सुसुचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताए।

 

प्रकाशित: ६ जेठ २०८० ११:४८ | Saturday, May 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast