रास्वपा सांसद विन्दवासिनी कंसाकारले लिइन् शपथ

हिमाल प्रेस १५ जेठ २०८० १५:२८ | Monday, May 29, 2023
रास्वपा सांसद विन्दवासिनी कंसाकारले लिइन् शपथ प्रतिनिधिसभा सदस्यको शपथ लिँदै विन्दबासिनी कंसाकार।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद विन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन्। आज सोमबार उनलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ खुवाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोडको डिल रेको अडियो सार्वजनिक भएपछि उनी कारबाहीमा परेका थिए।

पार्टीले निलम्बन गर्दै उनलाई सांसद पदबाट हटाएको हो। उनको ठाउँमा कंसाकार सांसद बनिन्। यसअघि नै सांसद भएको प्रमाणपत्र निर्वाचन आयोगबाट बुझिसकेको भए पनि आजमात्रै उनको शपथ भयो। ढाकाकुमारले सांसद पद खारेज गर्न नगर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। सोहीकारण शपथ ढिला भएको थियो। सर्वोच्चले पनि ढाकाकुमारको विपक्षमा फैसला सुनाएपछि कंसाकारले शपथ लिने बाटो खुलेको थियो। कंसाकार एसिड आक्रमणबाट पीडित महिला पनि हुन्।

ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकार बनिन् सांसद

 

प्रकाशित: १५ जेठ २०८० १५:२८ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast