नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने

हिमाल प्रेस १७ वैशाख २०८० १४:३७
10
SHARES
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने

काठमाडौँ– नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो।

कम्पनीले आर्थिक वर्ष ०७८/७९ को वितरणयोग्य नाफाबाट चुक्ता पुँजी १२ अर्ब २३ करोड रुपैयाँबाट उक्त लाभांश दिने बताएको हो।

कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रकाशित: १७ वैशाख २०८० १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =